रोमाण्टिक भावमा ‘पङ्खा एसी’ को भिडियो सार्वजनिक

लोकप्रिय गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पङ्खा एसी’ को भिडियो सार्वजनिक भएको छ । डि.पी खनालको शब्द, शंकर थापा ‘स्माईल’ को सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोमा नेपाली चलचित्र ‘लम्फु’ बाट चर्चामा आएका नायक कविर खड्का,  एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ । शिव बि. क. को कोरियोग्राफी तथा निर्देशनमा अजय रेग्मीको छायाङ्कन र पदम सुवेदीको सम्पादन रहेको यस भिडियोको कलरिङ मिलन विश्वकर्माले गरेका हुन् । भिडियो केहीदिन अघि मात्र डश म्युजिक नेपाल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो लिङ्क: