सुरेन्द्र महर्जनको तीजगीत ‘छमछमी नाच्ने कम्मरै भाँच्ने’ को भिडियो सार्वजनिक

नेपाली हिन्दू महिलाहरुको महान चाड तीज नजिकै आईरहेको बेला उपन्यासकार, कवि तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले पनि तीजगीत ‘छमछमी नाच्ने कम्मरै भाँच्ने’ को भिडियो सार्वजनिक गरेका छन् । ‘अमर’ को शब्दरचना, राम कार्कीको सङ्गीत तथा सङ्गीत संयोजन र राम कार्की, सुरेश थापा, शान्ता कार्की र अनिता दंगालको स्वर रहेको यो गीतको भिडियो सुरेश थापाको निर्देशनमा तयार भएको हो । भिडियोमा सुरेश थापा ‘दर्शने’, अनिता दंगाल ‘मनमाया’, शान्ता कार्की, किरण नेपाल, भूवन के. पोख्रेल, शिव थापा र अश्मिता कार्कीको अभिनय रहेको छ भने अभिनय गर्ने कलाकार टोली ‘मधुशाला म्युजिक’ कौशलटारले उपलव्ध गराएको हो । भिडियोको छायाङ्कन एस. के. थापाले र सम्पादन सुरेश थापाले गरेका हुन् ।

कमेडी ड्रामा सहितको यो भिडियोमा तीजका नाममा भित्रिएका विकृतिहरुलाई देखाउंदै व्यंग्य गरिएको छ l पर्वलाई तडकभडक र तोडमोड नगरी सही समयमा आफ्नो आर्थिक क्षमता अनुसार मनाउनु पर्छ भन्ने सन्देश दिनका लागि भिडियोमा केही हास्य कलाकारहरुलाई समेत समावेश गरिएको कुरा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले बताएका छन् । भिडियो Darshane Production नामक युट्युव च्यानल मार्फत बजारमा आएको छ ।

Video Link