बुनु र सिलुको संयुक्त स्वरमा ‘वर्ष दिनको तीज’

वर्ष दिनको तीज आउँदा मनै रमाइलो
दिदी बहिनी भेट हुँदा झनै रमाइलो
बजाइदेउ बरिलै मादलुको ताल
अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल

बुनु श्रेष्ठ र सिलु अधिकारीको स्वरमा रहेको तीजगीत ‘वर्ष दिनको तीज’ को भिडियो सार्वजनिक भएको छ l शान्ति प्रियको शब्दरचना, सन्तोष श्रेष्ठको सङ्गीत र नारायण डंगोलको सङ्गीत संयोजनमा रेकर्ड भएको यस गीतको भिडियो सुवोल थापाको कोरियोग्राफी तथा निर्देशनमा छायाङ्कन भएको हो l भिडियोका छायाकार सविन भट्टराई र सम्पादक रोशन दाहाल हुन् l भिडियोमा शब्ना आचार्यले प्रमुख मोडलको रुपमा नृत्य अभिनय गरेकी छिन् भने अन्य कोरस कलाकारहरुको साथमा गायिकाद्वय बुनु र सिलुले पनि साथ दिएका छन् l

Studio Soundmill नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियोले अपलोड भएको १ दिनमै १७ हजार भन्दा बढी भ्युज पाईसकेको छ l भिडियो गौरीघाटस्थित त्रिगजुर शिवालय परिसरमा छायाङ्कन भएको हो l यस गीतका रचनाकार शान्ति प्रिय र गायिका मध्येकी एक सिलु सञ्चार क्षेत्रका जानेमाने व्यक्ति हुन् l ‘प्रिय’ लामो समयदेखि पत्रकारिता सँगसँगै गीत लेखनमा समेत सक्रिय रहँदै आएका छन् भने सिलुले यसअघि केही संख्यामा गीत रेकर्ड गरेकी छिन् l स्वर राम्रै भएपनि गीत रेकर्ड गर्न त्यति जाँगर नचलाउने गरेकी सिलूले घर परिवार र साथीसङ्गीको प्रेरणाले गर्दा तीजगीत रेकर्ड गरेको जानकारी गराईन् l अर्को बर्षबाट तीजगीतलाई निरन्तरता दिने कुरा समेत उनले बताएकी छिन् l

भिडियो लिङ्क: