ललित राईको पहिलो गीत ‘लेकैको काने’ भिडियोमा सार्वजनिक

लामो समयदेखि अमेरिकाको नर्थ डाकोटा फार्गोलाई आफ्नो कर्मथलो बनाउँदै नेपाली गीत – सङ्गीतको क्षेत्रमा यात्रा अघि बढाईरहेका प्रतिभावान गायक ललित राईले आफ्नो पहिलो गीत ‘लेकैको काने’ सार्वजनिक गरेका छन् । डि.पी खनालको शब्दरचना रहेको यस गीतका सङ्गीतकार मनोज थापा मगर हुन् भने देवेश राईले यसमा सङ्गीत संयोजन गरेका छन् ।

नेपालको चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र नेपाली हास्य टेलि सिरियल ‘भद्रगोल’ कि चर्चित कलाकार रक्षा श्रेष्ठको जोडदार अभिनय रहेको यस गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ ।

नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जीवन र त्यही परिवेशको प्रेमकथालाई सुन्दर तथा हँस्यौली ढङ्गमा प्रस्तुत गरेको छ । आईत मोक्तानको लगानी रहेको यस गीति भिडियोलाई ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो समाचार लेखिरहँदा भिडियोले १ लाख २८ हजार भन्दा केही बढी भ्युज पाईसकेको छ ।

Video Link