रुद्रसेन र ज्योति मगरको स्वरमा मैथिली गीत ‘कानोमे आहाँके झुम्का’

रुद्रसेन विश्वकर्मा र ज्योति मगरको युगल स्वरमा रहेको मैथिली गीत ‘कानोमे आहाँके झुम्का’ को भिडियो सार्वजनिक भएको छ ।  यसअघि पनि नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिँदै आएका गायक रुद्रसेन र गायिका ज्योति मगरको स्वरमा रहेको यो भिडियो केहीदिन अघि ‘आर.जे. म्युजिक प्रोडक्शन’ नामक य़ुट्युब च्यानल मार्फत बजारमा आएको हो । अब्बल स्वरकी धनी भएपनि गायकीको कारणले भन्दा सार्वजनिक प्रस्तुतिहरुमा छोटा कपडा लगाएको कारणले बेला बेलामा चर्चा र विवादमा अईरहने गायिका ज्योति मगर यस भिडियोमा भने देखिएकी छैनन्  l भिडियोमा मोडल ऋचा थापाका साथमा रुद्रसेन आफैंले मुख्य पुरुष मोडलको रुपमा अभिनय/नृत्य गरेका छन् l भिडियो निक्कै आकर्षक र मनोरन्जक बनेको छ l यस गीतलाई ‘दिवानी’ नामक एल्बमबाट लिईएको कुरा जानकारी प्राप्त भएको छ ।

विशाल निरौलाको म्युजिक एरेन्ज, दीपक गिरीको  छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको यो भिडियो नीर कुमारी विश्वकर्माले निर्माण गरेकी हुन् भने भिडियोमा प्रदिप कुमार रसाईलीको कोरियोग्राफी तथा निर्देशन रहेको छ l

Video Link