प्रेमगीतको भिडियो सार्वजनिक l गीतकार ‘अमर’ भन्छन् – प्रेम नै जीवन हो l

कवि तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को गीत ‘थाहै नपाई तिम्रो त्यो रूप बसिगो लौ न यो आँखैमा’ को भिडियो सार्वजनिक भएको छ l राम कार्कीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायिका रिता के. सी. को सुमधुर स्वर सुन्न सकिन्छ l मोशन नेपाल टि. भी. को पोष्ट प्रोशक्शनमा निर्मित यो भिडियो मोशन नेपाल टि. भी. नामक युट्युब च्यानलमा नै अपलोड भएको छ भने रेकर्डिङ स्टुडियोमै छायाङ्कन गरिएको यो भिडियोमा रोशन कुमारको निर्देशन, सुदिप पंगेनीको छायाङ्कन र दीप गुरुङको सम्पादन रहेको छ l गीतमा अनायासै कसैप्रतिको  आकर्षण र प्रेम प्रकट गरिएको छ भने रोमान्टिक भावले गीतलाई अझ श्रुति माधुर्य बनाएको छ l

गीतको विषयमा आफ्ना विचार राख्दै गीतकार ‘अमर’ भन्छन् – ‘प्रेम नै जिन्दगी हो र जिन्दगी बाँच्ने आधार नै प्रेम हो l प्रेम नै उर्जा हो, प्रेम नै साहस र धैर्यता हो, प्रेम नै अचुक अस्त्र हो र सफलताको रहश्य पनि प्रेम नै हो l प्रेमले नै धर्ती स्वर्ग बन्छ र संसारलाई सन्तुलनमा राख्छ l प्रेम बिनाको जिन्दगी कल्पना पनि गर्न सकिन्न l यस्तो गीतले रचना गर्ने, गाउने र सुन्ने सबैलाई सकारात्मक उर्जा दिन्छ र मेरो पहिलो रोजाई पनि पेमगीत नै हो l’

Video Link