सीतामैया र निर्णयको Patriotic Fusion

राष्ट्रिय नाचघरको आयोजनामा केहीदिन अधि पप तथा हिपहप शैलीका चर्चित गायक निर्णय एन. एस. के. र  उभिएर सितार बजाउने संसारकै पहिलो महिला सितारवादिका सितामैया राजचलको संयुक्त प्रस्तुति सम्पन्न भएको छ l भिन्न भिन्न शैली र प्रकृतिका सङ्गीतलाई फ्युजन गरी एकैसाथ प्रस्तुत गरिएको यो कार्यक्रम अपूर्व र निक्कै रोमान्चक थियो l Patriotic Fusion नाम दिईएको यस कार्यक्रममा शास्त्रीय, लोक, पप र हिपहपको फ्युजन सङ्गीत र गायन प्रस्तुत गरिएको थियो भने डी. जे. को समेत व्यवस्था गरिएको यस कार्यक्रममा गीतको भाव अनुसारका नृत्यहरु पनि समावेश थिए l

कार्यक्रममा निर्णय आफ्नै हिपहप शैलीको ड्रेसमा थिए भने सीतामैया पनि अघिपछिको भन्दा फरक जिन्स पाइन्ट, बूट र कालो टि शर्ट र कालै लिपिष्टिकमा देखा परेकी थिईन् l कार्यक्रममा मादल, धिमे, सितार, तबला, इसराज आदि बाजाको प्रयोग गरिएको थियो l कार्यक्रमका प्रमुख अतिथि अग्रज गीतकार रत्न समशेर थापाले मन्तव्य राख्दै समय सापेक्ष यस्ता कार्यक्रमको पनि आवश्यकता र महत्व रहेको विचार व्यक्त गरेका थिए l