बेरोजगारहरुलाई ठूलो अवसर, भिडियो सम्पादनको तालिम खुल्यो l

   –  तुलसी गिरी ‘भावुक’

ख्यातिप्राप्त छायाकार एवं भिडियो सम्पादक वीरेन्द्र भाट विपिनले भिडियो सम्पादनको प्रशिक्षण सुरु गरेका छन् l डिग्री होल्डर बेरोजगारहरु बढिरहेको वर्तमान परिप्रेक्ष्यमा भिडियो सम्पादन जस्तो समय सापेक्ष प्राविधिक ज्ञान के पुरुष के महिला सबैका लागि अत्यन्तै उपयोगी हुने कुरा निश्चित छ l वीरेन्द्रका अनुसार बिजुलीबजारस्थित ‘वर्ल्ड कभर मिडिया’ को कार्यालयमै प्रशिक्षण सुरु गरिएको छ भने पहिलो ब्याचका विद्यार्थीहरुले लगभग डेढ महिनाको कोर्स पूरा गरिसकेका छन् l वीरेन्द्र भन्छन् -‘बिहान ६ देखि ७:३० र ८ देखि ९:३० दुई सिफ्टमा सिकाईरहेको छु l छिट्टै दोस्रो ब्याचको तालिम समेत सुरु हुँदै छ l’ सैद्धान्तिक र व्यवहारिक दुबै तरिकाले प्रशिक्षण दिने गरिएको कुरा समेत उनले बताएका छन् l  वीरेन्द्र विगत १६ वर्षदेखि विभिन्न चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो लगायतका श्रव्य – दृश्य सामग्रीको छायाङ्कन एवं सम्पादनमा क्रियाशील रहँदै आएका छन् l

वीरेन्द्रका अनुसार भिडियो सम्पादन तालिममा सम्पादन, अडियो तथा भिडियो ईफेक्ट, कलर करेक्शन, फाइलहरुको सङ्गठित व्यस्थापन, भिडियो एक्सपोर्ट – इम्पोर्ट, एनिमेशन, फोटोशप लगायत सम्पादकले जान्नुपर्ने सबैकुरा सिकाइन्छ l कोर्स पूरा गरिसकेपछि प्रशिक्षार्थीले म्युजिक भिडियो, बिबाह – व्रतवन्ध – पास्नी लगायतका भिडियो, लघु तथा वृत्त चलचित्र, टेलिभिजन विज्ञापन, युट्युव लगायतका भिडियो सम्पादन गर्न सक्ने कुरा समेत उनले बताएका छन् l ईच्छुकहरुले मोबाइल नम्बर ९८४१७८०१८६ वा ९८५११०५२४१ मा सम्पर्क गर्न सक्ने कुरा पनि प्रशिक्षक वीरेन्द्र भाट विपिनले जानकारी गराएका छन् l

बदलिँदो समय र प्रविधिले फड्को मारेसँगै भिडियो सम्पादन रोजगारमूलक सीपको रुपमा देखिएको भएपनि नेपालमा यस सम्बन्धी तालिम भने त्यति भएको पाइँदैन l भिडियो सम्पादनलाई व्यक्तिगत रुपमा डिजिटल व्यावसाय गर्न र जागीर खान दुबै कुराका लागि अत्यन्तै उपयोगी देखिँदै आएको छ l