‘वरि लै लै’ को भिडियोमा कुमुद र स्मृति, गीतको मजासँगै यू. के. का मनोरम दृश्यहरू

यू. के. मा बस्दै आएका मोडेल कुमुद पन्त र नायिका तथा गायिका स्‍मृति पोखरेलको अभिनयमा ‘वरि लै लै’ गीतको भिडियो  सार्वजनिक भएको छ । जानकी पन्त ‘जून’ को शब्दरचना, राजन तिमिल्सिनाको सङ्गीत तथा स्वर एवं  शैलेन्द्र मान प्रधानको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो गीतकार जानकी स्वयंको निर्देशनमा तयार भएको हो भने भिडियोको सम्पूर्ण छायाङ्कन यू. के. मै गरिएको छ । भिडियोमा गीतको मजासँगै यू. के. का विभिन्न रमणीय स्थानहरुको समेत दृश्यपान गर्न सकिन्छ । भिडियोमा गीतकार पन्तले समेत अभिनय गरेकी छिन् । कसैप्रतिको अगाध प्रेमभाव व्यक्त गरिएको यस गीतमा जीवनभरका लागि साथको चाहनाहरु व्यक्त भएका छन् ।

पनम वर्माको छायाङ्कन र राम सिंह भाटको सम्पादन रहेको यो भिडियो Kumud Entertainment Limited नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने अपलोड भएको २ दिनमै भिडियो १० हजारपटक भन्दा बढी हेरिएको छ । भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो ।