कसैले कब्जा गरेको यु-ट्युब च्यानल ३५ दिनपछि फिर्ता ल्याईयो l सीआईबीले नसकेको काम राजु दंगालले गरे l

गीतकार डी. पी. खनाल र गायक/सङ्गीतकार शंकर थापा ‘स्माइल’ र संगीत संयोजक उदयराज पौडेलको संयुक्त स्वामित्वमा सञ्चालित म्युजिक कम्पनी ‘डश म्युजिक’ को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’ लाई ३५ दिनपछि ह्याकरको पन्जाबाट मुक्त गरिएको छ l डी. पी. खनाल र शंकर थापा ‘स्माइल’ ले आ-आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै सो कुरा सार्वजनिक गरेका हुन् l

प्राप्त जानकारी अनुसार २ लाख १७ हजार सब्स्क्राइबर भएको सो यु-ट्युब च्यानल ३५ दिनअघि अचानक ह्याक भएको थियो भने ह्याकरले जीमेलको पासवर्ड र च्यानलको नाम नै परिवर्तन गरेपछि संचालकत्रय स्तब्ध भएका थिए l

च्यानल ह्याक भएपछि ‘क्रिमिनल इन्भेष्टिगेशन ब्रान्च’ { CIB } मा उजुरी दिएर पटक पटक अनुरोध गर्दापनि कुनै प्रगति नभएपछि आफूहरु युवा सङ्गीतकर्मी तथा आईटी विज्ञ राजु दंगालकोमा पुगेको र उनै राजुले यु-ट्युबसंग सिधा सम्पर्क गरी लामो समयको मेहेनत पश्चात च्याललाई पूर्व अवस्थामा जस्ताको तस्तै फर्काएको कुरा आफ्नो फेसबुक स्टाटसमा गीतकार खनाल र गायक/सङ्गीतकार थापाले उल्लेख गरेका छन् l उनीहरु दुबैले आफ्नो च्यानललाई सही सलामत आफ्नो स्वामित्वमा ल्याईदिने राजु दंगालप्रति आभार व्यक्त गर्दै सो कार्यको ऊच्च मूल्याङ्कन गरी सम्मान गर्ने घोषणा समेत गरेका छन् भने यदि कसैलाई यस्तो समस्या परेमा उनलाई भेट्न पनि सल्लाह दिएका छन् l च्यानल ह्याक नै गरिएको हो या कोही नजिकको मान्छेले जीमेलको पासवर्ड चोरी गरी धोकापूर्ण तरिकाले कब्जा गरेको हो भन्ने कुरा चाहिं यकिन भएको छैन l