नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा राष्ट्रिय सभागृहमा सम्पन्न ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा लिम्बू भाषाको फिल्म ‘के च्याब्रुङ’ सर्वोत्कृष्ट फिल्म सावित भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा सोमबार महोत्सवको समापन भएको छ । समारोहमा गुरुङ चलचित्रकी निर्देशक जसमाया गुरुङले उत्कृष्ट निर्देशकको, गुरुङ फिल्म ‘रिजेनासा’का बलबहादुर गुरुङले उत्कृष्ट पुरुष कलाकारको, मगर भाषाको ‘खुर्पेटो’ बाट बिना थापा मगरले उत्कृष्ट महिला कलाकारको र राई भाषाको ‘यारी’ फिल्मका युवराज वीर बहादुर राईले उत्कृष्ट छायाकारको पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी गुरुङ भाषाको रिजेनासा फिल्म दर्शकबाट पाएको ४ सय १ सदर मतका आधारमा रु. ३० हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ । महासङ्घका अध्यक्ष अमृत सुनुवारको सभापतित्वमा सम्पन्न आजको समारोहमा वेष्ट शर्ट फिल्म राजवंशी भाषाको ‘पुल्टी’ र वेष्ट डकुमेन्ट्री सुनुवार भाषाको ‘छेककगु’ ले प्राप्त गरेका छन् । आदिवासी जनजाति मातृभाषाका प्रथम सिने पत्रकार विजयरत्न तुलाधर, नेपालकी पहिलो महिला सिनेम्याटोग्राफर शवनम मुखिया र आदिवासी कलाकर्मी राज थापाको जुरीले निर्णायकको भूमिका निर्वाह गरेको कुरा थाहा भएको छ ।
आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न
June 10, 2019
June 10, 2019
सम्बन्धित खबरहरु
चलचित्र ‘लोजिमा’ लाई ७ वटा विधामा एफ.एल.एफ. अवार्ड
November 18, 2024
‘मिरा’ धारावाहिक कात्तिक ३० गतेबाट आउने
November 13, 2024
लघुचलचित्र ‘मृत्युकोष’को छायाङ्कन सम्पन्न
June 13, 2024
लोजिमाले जित्यो सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड
June 11, 2024