चर्चित कमेडी कलाकारहरुको साथमा ‘क्यालकुलेटर’ को भिडियो सार्वजनिक

पछिल्लो समय ‘डश म्युजिक’ टिमको नामले नेपाली सङ्गीत फाँटमा चिनिएका गायक तथा सङ्गीतकार शंकर थापा ‘स्माइल’ साथै चर्चित युवा गीतकार/गायक डि.पी. खनालले टेलि शृङ्खला भद्रगोलका ‘बले’,’कक्रोच’,’सिते बा’ र ‘खुपीका बाउ’ का साथमा नयाँ म्युजिक भिडियो ‘क्यालकुलेटर’ सार्वजनिक गरेका छन् ।

हालै सार्वजनिक भएको ‘क्यालकुलेटर’ बोलको गीतमा डि.पी. खनालको शब्द रहेको छ भने शंकर थापा ‘स्माईल’ को सङ्गीत तथा श्वर रहेको छ । गीतमा विजयता अधिकारीले महिला स्वरमा साथ दिएकी छिन् ।

हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’, टिकटकबाट चर्चा कमाएकी मोडेल साक्षी सङ्ग्रौला, मधुसुदन पाठक ‘सीते बा’ र गम्भीर विष्टको अभिनय देख्न पाईन्छ । मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको यस भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, नवीन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ । गायक शंकर थापा ‘स्माइल’ र गीतकार डि.पी. खनालको सहकार्यमा यसअघि पनि ’सेल्फी हानौला’ ‘फास्ट फास्ट’ ‘ट्युसन पढाउँछु’, ‘चोली’ लगायत दर्जनौं गीत नेपाली सङ्गीत बजारमा चर्चित छन् । यो समाचार लेखिरहँदा युट्युबमा यो भिडियोले ६ लाख नजिक नजिक भ्युज पईसकेको छ l भिडियो ‘नयाँ नयाँ न्युज नेपाल’ नामक च्यानलमा हेर्न सकिन्छ l

Video Link