नाचघरको मिनी हलमा सङ्गिनी र सिलोक जुहारी

साँस्कृतिक संस्थान { राष्ट्रिय नाचघर }, नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्को संयुक्त आयोजनामा ‘सिलोक जुहारी’ नामक कार्यक्रम सम्पन्न भएको छ l नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कूलपति डा. जगमान गुरुङको सभापतित्व एवं प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिबाहका समयमा गाईने परम्परात्मक लोककविता { सिलोक } मा जुहारी खेलिएको थियो भने जुहारीको वातावरण सिर्जना गर्नका लागि नक्कली जग्गे, जन्ती र बेहुला बेहुलीको समेत व्यवस्था गरिएको थियो l कार्यक्रममा विशिष्ठ कोटीका दर्जनौं साहित्यकार एवं लोकवार्ताविद्हरुको उपस्थिति रहेको थियो l

ताप्लेजुङ, झापा, तेह्रथुम, ओखल्ढुङ्गा, भोजपुर, सिन्धुपाल्चोक, पाल्पा र नुवाकोटका १४ जना सिलोकेहरुद्वारा जुहारी खेलिएको सो समारोहमा ताप्लेजुङ र काठमाण्डौका ५ महिलाहरुले संगिनी नृत्य समेत गरेका थिए l राजधानीमा यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना भएको कुरा सहभागीहरुले बताएका छन् l