देय् न फ्वँसा (देशले मागे) नेपाल भाषामा देशभक्ति गीतको भिडियो सार्वजनिक

कवि, गीतकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’ ले भरखरै नेपाल भाषामा राष्ट्रिय भावको गीत ‘देय् न फ्वँसा’ (देशले मागे) को भिडियो सार्वजनिक गरेका छन् । गीतकार एवं गायक ‘अमर’ कै शब्द तथा स्वर रहेको यो गीत पूर्व समयमा प्रकाशित आफ्नो एल्बम ‘लुमु मतिना’ बाट लिईएको कुरा ‘अमर’ ले जानकारी गराएका छन् । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ l गीतले भन्छ – ‘देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्मभूमि स्वर्ग मेरो सिरक भयो ।’

सञ्चारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको यो देशभक्ति गीतमा कृष्ण भण्डारी, सागर ढकाल, पुष्पराज आदि कलाकारको अभिनय रहेको छ । भिडियोमा विशाल प्रजापतीको छायाकन रहेको छ । यो भिडियो Intermandu Films नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

Video Link