आफ्नै शब्द, स्वरको भजनमा ‘अमर’

कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको भजन ‘ईश्वरकै छ साथ’ को भिडियो सार्वजनिक भएको छ । स्वयम् गीतकार सुरेन्द्र महर्जन कै स्वर तथा राम कार्कीको सङ्गीतमा रहेको यस गीतको  भिडियो राजु श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सूर्य कमल राई, रामकृष्ण खड्गी, सुरेश असिम, राजु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

भजन गीतको विषयमा गीतकार तथा गायक ‘अमर’ भन्छन् – ‘बाहिर रिस, छलकपट, जालझेल जति भएपनि आखिरमा  भगवानको भक्ति नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दु:ख र आपत बिपतमा मात्र नभई कार्य सिद्धिमा अनि हर्ष, उल्लास, जन्म, मृत्यु  कुनैपनि बेलामा  भगवानको भक्ति गर्दा मनमा शान्ति मिल्छ । भगवानको भक्ति गर्नु भनेकै पुण्य प्राप्ति पनि हो । यो व्यावसायिक उद्देश्यले नभई विशुद्द भक्ति भावले तयार पारिएको गीत हो  । संसारमा आत्मा सन्तुष्टि भन्दा ठूलो आनन्द अरु केही कुरामा छैन । यो भजनले पनि मलाई असिम आत्मा सन्तुष्टि दिएको छ ।

Video Link