मिना लामाको शव्द/सङ्गीत र वीरेन्द्रको निर्देशनमा राष्ट्रिय भावको भिडियो ‘नेपाल आमालाई’

मिना लामाको शब्द तथा सङ्गीतमा भरखरै रेकर्ड भएको राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई’ को भिडियो युट्युबबाट रिलिज भएको छ l भिडियो Mina Thapa नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l

संजय हमालको म्युजिक एरेन्ज रहेको यस गीतमा सुस्मिता राई र मित्र के. सी. को स्वर रहेको छ भने भिडियोमा मिना, राजकुमार, राजन र बेब्स एकेडेमीमा विद्यार्थीहरुले अभिनय गरेका छन् l  वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार भएको हो l लामो समय अघिदेखि छायाकार र सम्पादकको रुपमा क्रियाशील वीरेन्द्र पछिल्ला केहीवर्ष यता भिडियो निर्देशनमा समेत सक्रिय रहँदै आएका छन् l भिडियोको छायाङ्कन राम सिंह भाटले र सम्पादन लोकेश भाटले गरेका हुन् l

भिडियो लिङ्क