‘महोत्तरी कला साहित्य सङ्गीत प्रतिष्ठान नेपाल’ को गठन भएको छ । बैशाख २८ गते राजधानीमा एक भेलाको आयोजना गरी प्ररिष्ठानको गठन गरिएको हो । भेलाले साइमोन थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा अस्मिन श्रेष्ठ, महासचिवमा धावा लामा, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा आभाष श्रेष्ठ र सदस्यहरुमा सालिनी मगर, ललन मण्डल, रन्जिता कुमारी श्रेष्ठ र सृष्टि भट्टराई रहेका छन् ।
यो प्रतिष्ठानल महोत्तरी जिल्लाभित्र रहेका सम्पूर्ण कलाकारहरुलाई समेट्दै राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान स्थापित गर्ने, कलाकारहरुको हकहितका लागि लड्ने, जिल्लामा भएका सम्पूर्ण कलाकारहरुलाई एकजुट गराउने र विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै सम्पूर्ण कलाकार, कलाप्रेमीहरुलाई राष्ट्रिय हकहितमा अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्यले गठन गरिएको कुरा नव निर्वाचित महासचिव धावा लामाले जानकारी गराएका छन् ।
नेकपाका केन्द्रीय सदस्य टेक बहादुर बलम्पाकीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गायक पूर्ण परियार, गायिका राधिका हमाल, सञ्चारकर्मी सूर्य चन्द, सञ्चारकर्मी भरत बम्जन, गायक रोज मोक्तान, कलाकार विमला केसी, मोडल नयन डिसी, गायक रमेश श्रेष्ठ, गायक मानस राज, गायक कर्णराज गिरी, गायक चिरन्जिवी भण्डारी, डान्सर बिनु शाक्य, गायक सन्जिव बस्नेत , समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अरुण आले लगायतका व्यक्तिहरु अतिथिका रुपमा उपस्थित भएका थिए ।













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							