प्रेम खड्का र सुजना अभिनित ‘एउटा कुरा’ को भिडियो सार्वजनिक

पुनम अडियो भिडियो सोलुशनको प्रस्तुतिमा प्रेमगीत ‘एउटा कुरा भन्न मन छ’  को भिडियो सार्वजनिक भएको छ । भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट २ दिन अगाडि मात्र डिजिटल बजारमा आएको हो ।

पूजा  गुरुङको शब्दरचना तथा सङ्गीत रहेको यस गीतमा मेलिना राई र महेश विक्रम पाण्डेले स्वर दिएका छन् । भिडियो मदन खड्काको निर्देशन, वीरेन्द्र भाट विपिनको छायाङ्कन र अनिल रानाको सम्पादनमा निर्माण भएको हो । जसमा प्रेम खड्का र सुजना ढकालको अभिनय रहेको छ । आफ्ना अघिल्ला भिडियोहरु झैं यो भिडियो पनि दर्शकले मन पराउने कुरामा आफू आशावादी रहेको  भिडियोका मोडल प्रेम खड्काले बताएका छन् ।

Video Link