हिंड्न नसक्ने वृद्ध रातभर सडक पेटीमा, वृद्ध रुँदै भन्छन्- राती पुलिसले यहाँ ल्याएर फाल्यो

आफ्नो बारेमा राम्रोसँग बताउन समेत नसक्ने एक वृद्धले राती भ्यानमा हाली पुलिसले आफूलाई सडक पेटीमा फालेर गएको बताएका छन् l प्रत्यक्षदर्शीका अनुसार रातको ९ देखि साँढे ९ बजेको बीचमा प्रहरीले उनलाई आलोकनगरस्थित बागमती किनारमा रहेको गणेश मन्दिर सँगैको साई भजन गृहको अगाडि सडक पेटीमा फालेको थियो l खुट्टा सुन्निएर हिंड्न समेत नसक्ने अवस्थाका ती वृद्ध रातभर प्रहरीले जहाँ फालेको थियो त्यही ठाउँमा हलचल नगरी बसेको कुरा स्थानीय व्यक्तिहरुले बताएका छन् l बिहान भएपछि स्थानीय दयालु मान्छेहरुले वृद्धलाई चिया, बिस्कुट लगायतका खानेकुरा दिएका थिए l राती के भएको थियो ? र त्यहाँ कसले ल्याएको हो ? भनी जिज्ञासा राख्दा वृद्धले रुँदै प्रहरीले आफूलाई पिटेको कुरा समेत बताए l तर स्थानीय कसैले पनि प्रहरीले वृद्धलाई पिटेको आफूहरुले नदेखेको जानकारी गराएका छन् l

विस्तृतमा भिडियोमा हेर्नुहोस्