भूमेथान फिल्म प्रोडक्शनको व्यानरमा ‘भुइँफूल’ नामक चलचित्र निर्माण हुने भएको छ l बागबजारस्थित हेल्लो क्याफेमा शुभ मुहूर्त कार्यक्रमको आयोजना गरी निर्माण पक्षले सो कुरा जानकारी गराएको हो l चलचित्रले द्वन्द्वकालमा विस्थापित भएर मधेशमा बसोबास गर्न आईपुगेका दलित समुदायमाथि समाज र राज्यले गरेको विभेदको कथा समेटिने कुरा सो मुहूर्त कार्यक्रममा जानकारी गराईएको थियो l
नेत्र छन्त्यालको लेखन तथा निर्देशन रहने यस चलचित्रमा सरिता राई प्रस्तुतकर्ता र उर्मिला वान्तवा राई निर्माताको रुपमा रहने छन् भने गोविन्द प्रभात, नरेन खड्का, तुलसा थापा, दीपेन्द्र दर्नाल, चन्दा राई आदि कलाकारको प्रमुख भूमिका रहने छ l यही बैशाख २५ गतेदेखि नै छायाङ्कन आरम्भ गरिने यस चलचित्रमा गणेश सुवेदीको गीत, रमेश खड्काको सङ्गीत, गोविन्द प्रभातको नृत्य निर्देशन र रामेश्वर हुमागाईंको छायाङ्कन रहने कुरा थाहा भएको छ l डिजिटल रेड क्यामेराको पूजा गरी मुहूर्त शट समेत लिएर सम्पन्न गरिएको सो कार्यक्रममा लोकप्रिय अभिनेत्री करिष्मा मानन्धर प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिईन् l चलचित्र झापा, मोरङ र काठमाण्डौमा छायाङ्कन हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ l
