११औं छायाछवि डि. सिने अवार्ड सम्पन्न, छक्का पञ्जा ३ ले सर्वाधिक अवार्ड जित्यो

११औं ‘ईएनआई छायाछवि डि. सिने अवार्ड – ०७६’ भव्य रुपमा सम्पन्न भएको छ l प्रतिस्पर्धात्मक २७ का अतिरिक्त जुरी अवार्ड, इन्करेजमेन्ट अवार्ड, क्रिटिक्स अवार्ड, पपुलर चलचित्र अवार्ड तथा पत्रकारिता पुरस्कार, लाईफटाइम लिजेण्ड्री अवार्ड र रजत सम्मान गरी कूल ३४ विधाका सर्जक, कलाकार, प्राविधिक, पत्रकार एवं चलचित्रलाई अवार्ड, सम्मान र पुरस्कार प्रदान गरिएको छ l जस अनुसार यस वर्षको ‘छायाछवि लाईफटाइम लिजेण्ड्री अवार्ड – २०७६’ वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान – ०७६’ गायिका देविका वन्दना र  निर्देशक शोभित बस्नेतलाई एवं ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’ पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ ।

‘छक्का पञ्जा ३’  चलचित्र, निर्देशक, हास्य कलाकार, चरित्र अभिनेत्री, सम्पादक, सङ्गीतकार, गायक र गायिकाको ८ विधामा अवार्ड चुम्दै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भएको छ । त्यस्तै चलचित्र ‘यात्रा’ ले अभिनेता, नव निर्देशक, पटकथा, द्वन्द्व र क्रिटिक्स चलचित्र गरी ५ विधामा अवार्ड जितेको छ । अवार्ड, सम्मान र पुरस्कार प्राप्त गर्नेहरुको नाम तथा विधा यस प्रकार रहेको छ –

१] चलचित्रः छक्का पञ्जा -३

२] निर्देशकः दिपाश्री निरौला (छक्का पञ्जा – ३)

३] अभिनेताः सलिनमान बानियाँ (यात्रा)

४] अभिनेत्रीः नम्रता सापकोटा (समर लभ)

५] खलपात्र: माओत्से गुरुङ (चङ्गाचेट)

६] चरित्र अभिनेताः सरोज खनाल (क्याप्टेन)

७] चरित्र अभिनेत्रीः लक्ष्मी गिरी (छक्का पञ्जा–३)

८] हास्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा ३)

९] नव नायकः धिरज मगर (इन्टुमिन्टु लण्डनमा)

१०] नव–नायिकाः सुहाना थापा (ए मेरो हजुर–३)

११] बाल कलाकारः अन्जल राई (हैरान)

१२] नव निर्देशकः सम्राट शाक्य (यात्रा)

१३] छायाकारः सञ्जय लामा (ए मेरो हजुर ३)

१४] सम्पादकः विपिन मल्ल (छक्का पञ्जा ३)

१५] कथाः दिपेन्द्र लामा (गोपी)

१६] पटकथाः सम्राट शाक्य (यात्रा)

१७] सम्वादः सुशिल पौडेल (प्रसाद)

१८] सङ्गीतकारः अलिश कार्की (रोज)

१९] चलचित्र लोक सङ्गीतकारः दीपक शर्मा (छक्का पञ्जा – ३)

२०] गीतकारः राजेश कुमार श्रेष्ठ (रोज)

२१] पार्श्व गायकः डेविट शंकर (छक्का पञ्जा – ३)

२२] पार्श्व गायिकाः विन्दू परियार (छक्का पञ्जा – ३)

२३] नृत्य निर्देशकः कविराज गहतराज (राम कहानी)

२४] चलचित्र लोक नृत्य निर्देशकः वसन्त श्रेष्ठ (जय भोले)

२५] द्वन्द्व निर्देशकः हिमाल केसी (यात्रा)

२६] साउन्ड मिक्सिङः मुकेश शाह (डमरुको डण्डिबियो)

२७] ब्याकग्राउन्ड स्कोरः जेशन कुँवर, प्रवेश मल्लिक (भोर)

२८] जुरी अवार्डः छेतन गुरुङ (डमरुको डण्डिबियो)

२९] इन्करेजमेन्ट अवार्डः श्रीदेव भट्टराई (सुकुलगुण्डा)

३०] क्रिटिक्स अवार्डः यात्रा

३१] पपुलर चलचित्रः ए मेरो हजुर – ३

३२] छायाछवि पत्रकारिता पुरस्कारः अनन्त वाग्ले

३३] छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्डः नीर शाह

३४] छायाछवि चलचित्र रजत सम्मानः गायिका देविका वन्दना र निर्देशक सोभित बस्नेत