नेपाली कला क्षेत्रमा भविष्य खोज्दै गीता वर्मा

इण्डियाको सिमला स्थायी बासिन्दा गीता वर्मा अहिले काठमाडौँलाई कर्मथलो बनाउँदै कलाकारितामा आफ्नो भविष्य खोजिरहेकी छिन् । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउँदै गरेको समयमा गीता वर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि मेहेनत गरिरहेकी छिन् ।

भक्तपुरको सिर्जनानगरमा आफ्ना दाजु भाउजुसँग बस्दै नृत्य तथा अभिनयको ट्रेनिङ समेत लिँदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केही शर्ट मुभीमा समेत अभिनय गरिसकेको कुरा बताएकी  छिन् । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केही म्युजिक भिडियोमा अभिनय गरिसकेको बताउँने गीता भविष्यमा नेपालमै सफल नायिका बन्ने सोचका साथ अगाडि बढिरहेको जानकारी गराउँछिन् ।

सानै उमेरदेखि म्युजिक भिडियो मोडलिङ तथा चलचित्रमा नायिका बन्ने सोच र रुची भएको जानकारी गराउंदै गीता भन्छिन् – ‘अब नेपाली चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र आफ्नो छुट्टै पहिचान बनाउँछु । इमान्दारिताका साथ मेहेनत गर्दै गएपछि एकदिन सफलताको शिखर चुम्न सकिन्छ भन्ने मलाई पूर्ण विश्वास छ l’