‘डाली चरी’ लिएर आइन् सोना अमात्य

सानै उमेरदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

लामो समयदेखि शास्त्रीय सङ्गीतको प्रशिक्षण समेत लिईरहेकी गायिका अमात्य यसपटक ‘डाली चरी भुईंमा खसेछ’ बोलको गीतको भिडियो मार्फत दर्शकमाझ आएकी हुन् । उक्त गीतमा गायिका अमात्यकै सङ्गीत गुरु शशिविक्रम थापाका शब्द तथा सङ्गीत सुन्न सकिन्छ ।

लोक आधुनिक शैलीमा आधारित उक्त गीतको भिडियो पनि आकर्षक बनेको छ । नवीन अवालद्वारा निर्देशित यस भिडियोमा गायिका अमात्य स्वयंले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् । गायिका अमात्यले यसअघि पनि आधा दर्जनभन्दा बढी म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।

Video Link