जिन्दगीको परिभाषा खोज्दै सपनाश्री

– रोशन पोखरेल

सुगम सङ्गीतमा निकै रुचाइएकी गायिका हुन् सपना श्री । जीवनको आरोह अवरोहहरुलाई समेटेर उनको आवाजमा रहेको निकै मर्मस्पर्शी गीत ‘जिन्दगीको परिभाषा’ को भिडियो सार्वजनिक भएको छ  ।

राजु लामाको शब्द तथा सङ्गीत रहेको यस गीतको भिडियोमा  जिन्दगीको परिभाषा बुझ्न निकै कठिन हुने र मनभित्र जस्तोसुकै पीडा भएपनि हाँसेर बोल्नुपर्ने बाध्यतालाई सिलसिलावद्ध रुपमा समेटिएको छ ।

शंकर अधिकारी घायलको निर्देशन, धिरज खत्रीको छायाङ्कन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको यस भिडियोमा प्रतिक्षा, अजय, पवन, तुलसा र बाल कलाकार खुश्वुको अभिनय रहेको छ ।

Video Link