शर्मिला राईको ‘ठुम्का’ ले ३ दिनमै साँढे २ लाख भ्युज पायो

‘आँखामा गाजल लाएर’ बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेसँगै चर्चा बटुलेकी गायिका शर्मिला राईको स्वरमा रहेको दोस्रो  डान्सिङ गीत ‘ठुम्का’ को भिडियो भरखरै मात्र सार्वजनिक भएको छ । जसमा चर्चित युवा गीतकार डी.पी. खनालको शब्द र  शंकर थापा ‘स्माइल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । भिडियोमा अहिलेकी लोकप्रिय मोडल एलिसा राई, प्र्याङ्कर एलिस राई, आकाश राई र आनन्द गुरुङ लगायतका कलाकारले नृत्य अभिनय गरेका छन् ।

केही समयको अन्तरालमा पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको यस म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन र विकाश ज्ञवालीको सम्पादन रहेको छ । गीतको मर्म अनुसार नै भिडियो निर्माण गरिएको कुरा निर्देशक रुम्बाले जानकारी दिएका छन् । गीतको भिडियो ‘डश म्युजिक नेपाल’ नामक यूट्युब च्यानलबाट  सार्वजनिक भएको छ । भिडियोले अपलोड भएको ३ दिनमै लगभग साँढे २ लाख भ्युज पाईसकेको छ l

Video Link