पत्रकार सन्दिप भट्टको निर्देशनमा वियोगान्त भिडियो

पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । विगत ८ बर्षदेखि बिभिन्न सञ्चार संस्थामा आवद्ध रहेका भट्टले भरखरै निर्देशनमा समेत हात हालेका हुन् । चितवनका बिभिन्न रमणीय ठाउँहरु छायाङ्कन गरिएको यो म्युजिक भिडियो नमस्ते फिल्मी टिभीको युट्युब च्यानलबाट मङ्गलबार बिहान सार्वजनिक गरिएको छ ।

सुमन ढकाल र दिया के.सी. को अभिनय रहेको यस भिडियोमा प्रेम पछिको विछोडलाई मर्मस्पर्शी ढङ्गले देखाईको छ । केटीलाई परिवारले जबर्जस्ती अर्कै केटासँग बिहे गरिदिएपछि भाव विह्वल भएको प्रेमी जोगी हुने अवस्थामा पुगेको कथा भिडियोमा देख्न सकिन्छ । ‘पाउँनु मात्र माया हैन, गुमाउनु पनि माया हो । हामीले यही कुरालाई भिडियोमा देखाउने प्रयास गरेका छौं’ निर्देशक भट्टले भने ।

लक्ष्मण सिटौलाको शब्दरचना, राजेश खत्रीको सङ्गीत तथा राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको यस गीतको भिडियोको छाङ्याकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् । गीत मुम्बईमा रेकर्ड गरिएको थाहा भएको छ ।

Video Link