मोडलिङमा भविष्य खोज्दै मदन घर्ती

मोडलिङमा युवा पुस्ताको क्रेज दिन प्रतिदिन बढ्ने क्रममा छ । कोही यसैमा भविष्य बनाउने सोच लिएर आएका छन् त कोही रहर र लहडले । पोखराका स्थाईबासी मदन घर्ती भने निकै ठूलो सोच र सपना लिएर मोडलिङमा प्रवेश गरेको बताउँछन् ।

‘दिनमै  नशा’ बोलको गीतको भिडियोमा पहिलोपटक अभिनय गरी  मोडलिङ यात्रा आरम्भ गरेका उनी चलचित्र र भिडियोहरुमा नै बढी केन्द्रित हुन चाहेको बताउँछन् । स्कुले जीवनबाट नै कलाकार बन्ने अठोट लिएका मदन आफ्नो सपनालाई सफल बनाउन पोखराबाट काठमाण्डौ आएको स्पष्ट पार्छन् ।

मोडलिङकै दौरान एक युट्युब च्यानलले उनलाई नायक सलिनमान बानियासँग अनुहार मिल्ने भनेर अन्तर्वार्ता लिएपछि एकाएक चर्चा पाएका उनी अरुको नामबाट नभई आफ्नो छुट्टै पहिचान बनाउने कुरामा सङ्घर्ष गरिरहेको जानकारी गराउँछन् ।

पढाई र करियरलाई एकैसाथ अगाडि बढाईरहेका मोडल मदन घर्तीले यो क्षेत्रमा अगाडि बढ्नका लागि  परिवार र  विशेषगरी आमाको ठूलो साथ रहेको बताए । ५ फिट ६ ईन्च अग्ला मदन अभिनयसँगै नृत्यमा पनि अब्बल छन् ।

हुन त यो क्षेत्रमा जति धेरै चुनौतिहरु छन् त्यति नै अवसरहरु पनि छन् । प्रविधिको बढ्दो विकास र प्रतिस्पर्धा पनि त्यत्ति नै छ । तरपनि प्रतिभा, मेहेनत, आत्मबल, लगनशीलता, धैर्यता र अनुशासन भएमा पक्कै अगाडि बढ्न सकिन्छ भन्ने कुरामा उनी विश्वास राख्दछन् ।

मोडल – मदन घर्ती
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन
फोटोग्राफर – कुवेर तामाङ
मेकअप – सरिता थापा मगर