रितु कोईरालाको ‘लचक लचक लच्कियो’ सार्वजनिक

गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लचक लचक लच्कियो’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

लामो समयदेखि नयाँ तथा पुराना प्रतिभाहरुलाई विशेष स्थान दिँदै लोकप्रिय बनेको पूर्बेली जूनतारा म्युजिक प्रा.लि.ले सार्वजनिक गरेको उक्त गीतमा प्रियजन राईको शब्द तथा सङ्गीत रहेको छ भने रितु कोईरालाले स्वर दिएकी छिन् ।

दिपेश एस.के., सफिया चाम्लिङ, सुदिप यसमली र बिबशा चाम्लिङ सहित अन्य कलाकारहरुको समेत नृत्य र अभिनय रहेको यस भिडियोको छायाङ्कन जनकराज अधिकारीले गरेका हुन् भने प्रियजन राईको निर्देशन रहेको छ  । भिडियोको सम्पादन मनिष कार्कीले गरेका हुन् ।

Video Link