‘कप्स’ को आइटम गीत रिलिज, चलचित्र जेठ १७ बाट देशैभर प्रदर्शनमा आउने

आगामी १७ जेठबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ को दोस्रो तथा आईटम गीत ‘सुन्दरी देखेर आँखा सन्कियो’ रिलिज भएको छ । सुरेन्द्र रानाको शब्दरचना र स्वयम्भुराज शाक्यको सङ्गीत रहेको यो गीतमा मिना निरौला र स्वयम्भुराज शाक्यले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतमा कलाकार रिया प्रधानको आकर्षक नृत्य रहेको छ ।

चलचित्र सम्राट सापकोटाको निर्देशनमा निर्माण भएको हो । उनका अनुसार चलचित्रमा कथा अनुसार नै यो आईटम गीत राखिएको हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको कुरा समेत निर्देशक सापकोटाले बताएका छन् ।

प्राप्त जानकारी अनुसार चलचित्रमा अनुपविक्रम शाही, सन्दिपा लिम्बू, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, सुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । आर्या मुभिज र साराश्री मुभिजले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा निर्देशक सम्राट सापकोटाकै लेखन रहेको छ भने सुसन प्रजापतीले छायाङ्कन र विपिन मल्लले सम्पादन गरेका हुन् । चलचित्र राम शाक्यको लगानीमा निर्माण भएको हो ।