प्रमोद खरेलको ‘झुमा झुमा’ २४ घण्टा नपुग्दै ६ लाख बढी भ्युज

लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘झुमा झुमा’ को भिडियो सार्वजनिक भएको छ । भिडियो प्रमोद खरेलकै युट्युव च्यानल ‘प्रमोद खरेल’ बाट सार्वजनिक गरिएको हो । भिडियोमा गीतका गायक खरेलको साथमा पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ ।

हिमान्सु रायमाझीको शब्द तथा भीम बि. सी. को सङ्गीत रहेको यो गीतको भिडियो शुभ्म भुजेलको कोरियोग्राफीमा निर्माण भएको हो ।

भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ  । यो भिडियोले युट्युबमा अपलोड भएको २४ घण्टा पुग्नै लाग्दा ६ लाख बढी भ्युज पाईसकेको छ भने तीव्रसँग भ्युज बढ्ने क्रम जारी रहेको छ ।

Video Link