कन्दरा ब्याण्डको ‘चन्द्र कोटकी नानी’ को भिडियो सार्वजनिक,

चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको स्वरमा रहेको गीत ‘चन्द्र कोटकी नानी’ को भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुति रहेको यस भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईको साथमा गायक विवेक र अन्य कलाकारहरुको अभिनय हेर्न सकिन्छ । पोखरा र काठमाण्डौका विभिन्न रमणीय स्थानमा सुटिङ गरिएको यो भिडियो प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । २ वर्ष अघि नै अडियो रिलिज भईसकेको यस गीतको भिडियो झण्डै दुईबर्ष लगाएर तयार पारिएको कुरा गायक विवेक श्रेष्ठले जानकारी गराएका छन् ।

वरिष्ठ गीतकार विनोद गौचनको शब्द अनि सुनिल थापाको सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियो स्वर्गीय गौचनप्रति श्रद्धाञ्जली स्वरुप सार्वजनिक गरिएको गायक श्रेष्ठको भनाई रहेको छ । प्राप्त जानकारी अनुसार ‘भेंडीगोठ’ नामक एल्बममा समावेश ८ गीत मध्ये ‘चन्द्र कोटकी नानी’ तेस्रो म्यूजिक भिडियो हो । बाँकी गीतहरुको पनि भिडियो क्रमश: तयार गरिने कुरा श्रेष्ठले बताएका छन् ।

लगभग २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध श्रेष्ठले गाएका प्राय: सबैजसो गीत स्रोताले धेरै मन पराएका छन् । यसअघि ६ ओटा हिट एल्बम दिइसकेको कन्दरा ब्याण्डले ‘लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल, भेँडी गोठैमा’ लगायतक चर्चित गीत सार्वजनिक गरिसकेको छ ।

Video Link