‘सोध तिमी आफैँसँग’ भिडियोमा सार्वजनिक

डा. डी.आर. उपाध्यायको नयाँ गीत ‘सोध तिमी आफैँसँग’ को भिडियो सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत, नोर्बु शेर्पाको एरेञ्ज र उदय सोताङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष प्रधानले निर्देशन गरेको यस भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ भने भिडियोमा प्रेम लामाको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्यायले केही समयअघि एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए.। राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट उनले एकैपटक ‘दगाबाज’ शीर्षकको एक उपन्यास सहित ‘जखम, माउन्टेन मेलोडी, नशालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली’ गरी सात गीति एल्बम विमोचन गरेका थिए । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘मिराकल्स वर्ल्ड  रेकर्ड’ र ‘एभरेष्ट वर्ल्ड रेकर्ड’ ले प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

डी. आर. को सात एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका ख्यातिप्राप्त प्रायः सबै गायक – गायिकाहरुले स्वर दिएका छन् । उपाध्यायका यसअघि ‘अतिरिक्त, भाग्यचक्र, स्वार्थी, त्यागी, बज्रघात, अपवित्र छाया र बिटुली’ नामका उपन्यास पाठकमाझ आइसकेका छन् ।

केही समयअघि पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर. का गीति एल्बमका बारेमा देशका सातै प्रदेशसमा लोकार्पण र समीक्षा कार्यक्रम सम्पन्न भएको थियो । ती कृतिहरुको नेपाल बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।

Video Link