लोकदोहोरीको वर्चश्व बढ्दो, अपलोड भएको २४ घण्टा नबित्दै २ लाख भ्युज

लोकप्रिय कलाकार वद्रि पंगेनी र विष्णु माझीको स्वरमा रहेको लोकदोहोरी ‘मान्छे फकाएर आफ्नो हुँदैन’ को भिडियो सार्वजनिक भएको छ l ‘शुभारम्भ डिजिटल म्युजिक’ नामक युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको यो भिडियोले २४ घण्टा पनि नबित्दै २ लाख भन्दा बढी भ्युज पाईसकेको छ भने निक्कै उत्साहप्रद ढङ्गमा भ्युज बढ्ने क्रम जारी रहेको छ l भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माले प्रमुख कलाकारको रुपमा आकर्षक नृत्य – अभिनय गरेका छन् ।

नेपाली लोकदोहोरी क्षेत्रका सर्जक-कलाकारहरुको पहिलो रोजाईका सङ्गीत संयोजक विनोद बाजुरालीको शब्दरचना, सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडियो उत्सव दाहालको कोरियोग्राफी र दीपक विष्टको सम्पादनमा निर्माण भएको हो l मुख्य विधा म्युजिक एरेन्ज भएपनि बाजुरालीले सहायक विधाका रुपमा लामो समय अघिदेखि शब्दरचना र सङ्गीत सिर्जना समेत गर्दै आएका छन् l विगतमा पनि उनीद्वारा सिर्जना भएका धेरै गीत हिट लिष्टमा पर्दै आएका छन् l यही क्रमले भ्युज बढ्दै गएमा  ‘मान्छे फकाएर आफ्नो हुँदैन’ को भिडियो युट्युब ट्रेन्ड्रिङमा पर्न सक्ने अनुमान गर्न सकिन्छ l

Video Link