डेढ बर्षपछि ‘मायाको झण्डा दिलमा फरर’ मार्फत अन्जुको पुनरागमन

‘मायाको झण्डा दिलमा फरर’ बोलको लोकदोहोरी भिडियो गुन्द्रुक मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l केहीदिन अघि मात्र निर्माण सम्पन्न भएको यो भिडियो नयाँबर्ष २०७६ को शुभकामना सहित गत चैत ३० गते रिलिज गरिएको कुरा यस गीतका गीतकार गणेश चौंलागाईले जानकारी गराएका छन् । विमल डाँगीको सङ्गीत तथा विमल डाँगी र माण्डवी त्रिपाठीको स्वर तथा विमलराज क्षेत्रीको सङ्गीत संयोजन रहेको यो गीतको भिडियो शिव वि. क. को निर्देशनमा तयार भएको हो ।  भिडियोमा अन्जु निरौला, रविन्द्र प्रताप सेन, लोमश शर्मा र साथीहरुको अभिनय एवं नृत्य रहेको छ । भिडियोका छायाकार र ड्रोन संचालक रामेश्वर कार्की र कमल प्रसाईं हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।

प्राप्त जानकारी अनुसार केहीवर्ष यता अमेरिका बस्दै आएका लोकप्रिय गायक विमल डाँगीले एक वर्षको अन्तरालमा यो गीत गाएका हुन् भने लगभग डेढ वर्षदेखि म्युजिक भिडियोमा नदेखिएकी लोकप्रिय मोडल अन्जु निरौलाले पनि लामो समय पछि  आफ्नै युट्युब च्यानल मार्फत आफ्नै प्रस्तुतिको भिडियोबाट पुनरागमन गरेकी हुन् l

भिडियो लिङ्क