गायक सीताराम पोखरेलको डान्सिङ शैलीको भिडियो, लभलाई अल्कोहलसँग तुलना

चर्चित गायक सीताराम पोखरेल भरखरै डान्सिङ शैलीको भिडियो ‘अल्कोहलिक लभ’ लिएर आएका छन् l ललिता कुँवरको शब्दरचना एवं राहुल प्रधानको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस युगल गीतमा सीताराम पोखरेल र मिना निरौलाको स्वर रहेको छ l अभिनेत्री प्रियंका कार्की, विनोद न्यौपाने र अन्य कलाकारको नृत्य रहेको यो भिडियो राजेन्द्र कटुवाल ‘राज’ को कोरियोग्राफी र भरत रेग्मीको सम्पादनमा निर्माण भएको हो l

तीनदशक भन्दा लामो समयदेखि निरन्तर सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका गायक पोखरेलले विगतमा आफ्नो जन्मदिन अर्थात अक्टुबर ४ का दिन हरेक बर्ष सार्वजनिक समारोहको आयोजना गरी एकल स्वरको एल्बम लोकार्पण गर्दै आएका थिए l सङ्गीतको बजार डिजिटल युगमा प्रवेश गरेसँगै गायक पोखरेलले पनि केही समय यता युट्युबका दर्शक लक्षित भिडियो मार्फत आफ्नो यात्रालाई निरन्तरता दिईरहेका छन् l ‘अल्कोहलिक लभ’ गायक पोखरेलको १९ औं म्युजिक भिडियो भएको कुरा जानकारी प्राप्त भएको छ l अरु भन्दा भिन्न प्रस्तुतिका कारण उनका हरेक भिडियो रिलिज हुँदा बजारमा एक प्रकारको सनसनी फैलने गरेको छ l यो समाचार लेखिरहँदा ओआरएस डिजिटल नामक युट्युब च्यानलबाट रिलिज भएको उनको भिडियो ६० हजार पटक भन्दा बढी हेरेको पाईएको छ l

भिडियो लिङ्क