वियोगान्त गीतको भिडियो सार्वजनिक, याद घटाईदिन आग्रह गर्दै गीतकार शान्तिप्रिय

वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रियको ‘अधर’ एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो’ को भिडियो सार्वजनिक भएको छ । एल्वमको पाँचौं क्रममा रहेको गीत ‘याद तिम्रो धेरै आइरह्यो’ को भिडियो रिलिज भएसँगै ‘अधर’ एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । ‘अधर’ एल्बमका चारवटा गीतको भिडियो यस अघि नै सार्वजनिक भैसकेका थिए । दोस्रो एल्बमको समेत तयारी गर्दै गरेका ‘प्रिय’ पछिल्लो समयमा चलचित्र तथा आधुनिक गीत लेखनमा समेत उत्तिकै सक्रिय रहेका छन् । भिडियोमा रिलिज भएको गीतको स्थाई पङ्क्ति यस्तो छ –

याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेऊ
सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हाँसो पठाइदेऊ….

प्राप्त जानकारी अनुसार लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र जल्दाबल्दा गायक युवराज चौंलागाईको स्वर रहेको यस गीतको भिडियो अर्का सर्वप्रिय कलाकार एवं चलचित्रकर्मी  निर्मल शर्माको निर्देशनमा तयार भएको हो । भिडियोमा राजु के.सी. को  छायाङ्कन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन रहेको छ । छायाछवि क्रियशनले निर्माण गरेको यस भिडियोमा अभिनेता श्रीदेव भट्टराई, अभिनेत्री अनामिका चौंलागाई र राम ढकालको अभिनय हेर्न पाइन्छ  ।

भिडियो लिङ्क