हेम प्रभासको निर्देशनमा ‘हावाको झोंका अँधेरी रातमा’

हेम प्रभास यतिखेर निर्देशक भएका छन् । कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन् । आधा दर्जन भन्दा बढी सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको समेत दृश्य भिडियो बनाएका छन् । यतिखेर हेमले आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गरेका छन् । 
‘हावाको झोंका अँधेरी रातमा’  बोलको यो गीत विकाश थापाले लेखेका हुन् । अमेरिकामा रहेर पनि विकाश साहित्यिक लेखनमा सक्रिय छन् । यसअघि हेम प्रभासले  निर्देशन गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन् ।

‘हावाको झोंका अँधेरी रातमा’ गीतमा विकाश थापाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र रामकृष्ण ढकालको स्वर रहेको छ भने गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् । एकष्टिक नेपाल नामक स्टुडियोमा रेकर्ड गरिएको यो गीतको  रेकर्डिङ र मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।

गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् । कविता तोलाङ्गीले शृङ्गार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका हुन् । भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल, रिमा के.सी., सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तिलक गौतम एवं सङ्गीतकार सन्तोष  श्रेष्ठ समेत फिचरिङ छन् । डिजिटल क्रियशनको प्रस्तुति रहेको यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो ।

Video Link