भिडियोमा कर्णाली पारिको कथा – व्यथा

नेपाली मौलिक लोक भाकाहरुको आगमन भईरहेको अवस्थामा पश्चिमी भेगको लोकभाका देउडा गीत ‘कर्णाली पारि’ को भिडियो बजारमा आएको छ । गीतमा लोकेन्द्र जिसी र टिका पुनले स्वर दिएका छन् l

जीवनका अभाव र कठिन परिस्थितिहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । पीडामा पनि आफ्नी मायालुको याद आउने कुरालाई गीतमा मार्मिक ढङ्गमा समावेश गरिएको छ । सुरेश राना ‘सुमन’ को शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको हो । कर्णाली वारि – पारि रहेका मान्छेहरुको सङ्घर्षमय जीवन कथालाई गीतमा उतार्ने प्रयास गरिएको कुरा गीतकार सुरेशले बताए । गीतमा कमल सौरागको म्युजिक एरेन्ज रहेको छ । चन्द्र मन्दिर मगरको निर्देशन, मान बहादुर ओलीको छायाङ्कन र चानस पुन मगरको सम्पादन रहेको यस गीतको भिडियोमा पवन कुमार योगी , प्रेरणा विक, मदन रेग्मी र सुमित्रा चौधरीको नृत्य रहेको छ ।

Video Link