परदेशीको वास्तविक पीडामा आधारित भिडियो ‘परदेशीको बाध्यता’

एपिक नेपाल म्युजिक प्रा. लि.को प्रस्तुतिमा वैदेशिक रोजगारीमा गएका युवाहरुको वास्तबिक कथालाई समेटेर तयार पारिएको गीत ‘परदेशीको बाध्यता’ को भिडियो सार्वजनिक गरिएको छ । यो गीत गायक दुर्गा रोक्का मगरको वास्तबिक भोगाईमा आधारित रहेको बताईएको छ l

भिडियोमा धन कमाउने सपना बोकेर सात समुन्द्र पारि गएका युवाहरुले भोगेका पीडा मार्मिक ढङ्गमा समेट्ने प्रयास गरिएको छ । प्रेम घर्ती मगरको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीत संयोजन  रहेको यस गीतको भिडियो मुकेश हुमागाईँको छायाङ्कन , राजेश कुमारको सम्पादन र बबिता श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा सारिका केसी र दुर्गा रोक्का मगरको अभिनय रहेको छ ।

Video Link