पहिलो गीतको भिडियो लिएर आए नेपाल आइडल रवि ओड

दोस्रो नेपाल आईडल रवि ओड आफ्नो साङ्गीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो मार्फत दर्शक – स्रोतामाझ आएका छन् । शुक्रबार यूट्युब मार्फत सार्वजनिक भएको उनको भिडियो ‘मीठो बोलीले…’  छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

कृष्ण के. सी. को शब्दरचना रहेको यस गीतमा प्रसिद्ध सङ्गीतकार हरि लम्सालको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । लम्सालले गीत नृत्यपरक मेलोडीमा सङ्गीत गरेका छन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

स्थापित निर्देशक शिव बि. क. को निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको यस गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । भिडियोमा रामेश्वर कार्कीको छायाङ्न र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायाङ्कन गरिएको यस भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामूहिक नृत्य गरेका छन् ।

 

यस्तो छ भिडियो