सामाजिक उत्पीडनमा रहेकाहरुको आफ्नै कथा ‘शङ्ख’

– आर. पोखरेल –

नेपाली मौलिक लोक भाकाहरुको बजारमा आगमन भईरहेको अवस्थामा सामाजिक परिवेशलाई समेटेर तयार पारिएको मौलिक लोक भाकामा आधारित गीत ‘शङ्ख’ को भिडियो बजारमा आएको छ । गीतमा रिजन थापा मगर र  देवी घर्ती मगरले स्वर दिएका छन् ।

जति मेहेनत गरेपनि अभाव र पीडामा रुमल्लिन बाध्य भएकाहरुको वास्तविक भोगाईलाई समेटेर गीत तयार पारिएको कुरा गीतकार प्रकाश सापकोटाले बताए । गरिव भएकै कारण समाजले हेप्ने तीतो यथार्थलाई गीतमा समेटिएको समेत उनले जानकारी गराएका छन् ।  रिजन थापा मगरको लय सिर्जना रहेको यस गीतको म्युजिक एरेन्ज यम थापा मगरले गरेका हुन् ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको यस भिडियोमा बासु बरालको छायाङ्कन र श्याम कुवँरको सम्पादन रहेको छ भने  प्रकाश सापकोटा,  सिमा ढकाल, सावित्रा गुरुङ, खेम नेपाली घर्ती ,पाशा दाइ, नवराज शर्मा र विशाल शर्माको साथमा बाल कलाकार क्रिस श्रेष्ठले अभिनय गरेका छन् ।

Video Link