वियोगान्त भिडियोमा एस. के. दाहाल

लोकप्रिय मोडल एस. के. दाहाल अभिनित लोकदोहोरी गीत ‘छुट्यो माया’ को भिडियो सार्वजनिक भएको छ l मनोज सिंह धामीको शब्दरचना, ईन्द्र जि. सी. को सङ्गीत तथा सङ्गीत संयोजनमा ईन्द्र जि. सी. र पूजा रेग्मीको स्वर रहेको यो गीतको भिडियो हुम गैरेको निर्देशनमा तयार भएको हो l टि. टाइम म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको यस भिडियोमा मोडल एस. के. लाई सपना पन्तले साथ दिएकी छिन् l प्रेमवियोग भावमा रहेको यस गीतमा पहिलोपटक लाएको माया छुट्दा प्रेमी-प्रेमिका दुबैको वेदनाले मन जलेको र दुबैलाई एक-अर्काबिना बाँच्न गारो भएका कुराहरु व्यक्त भएका छन् l

सङ्घर्षका प्रारम्भिक दिनहरुमा ग्रुप डान्सरको रुपमा म्युजिक भिडियोको यात्रा सुरु गरेका एस. के. दाहालले पहिलोपटक रन्जिता गुरुङसँग ‘जूनमा पनि दाग छ’ बोलको लोकदोहोरीमा मुख्य मोडलको भूमिका निभाएका थिए l मुख्य भूमिका भएको पहिलो भिडियो नै लोकप्रिय भएपछि रातारात आफ्नो करियरमा ‘यु टर्न’ लिएका एस. के. हालसम्म १ सय ५० भन्दा बढी भिडियो मार्फत मुख्य मोडलको रुपमा पर्दामा आईसकेका छन् l ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘रातो पिरो’, ‘गोलमाल’ लगायतका कमेडी टेलि शृंखलाहरुमा समेत अभिनय गरिसकेका बहुमुखी प्रतिभा एस. के. का ‘वाचा कसम खाको’ , पलपल झल्को’, ‘सिरु फुल्यो सेतै’ लगायतका भिडियो दर्शकले धेरै मन पराएका छन् l

Video Link