प्रस्तोता समाज नेपालले मङ्गलबार अनामनगरस्थित आफ्नो कार्यालयमै एक अनौपचारिक कार्यक्रमको आयोजना गरी २०१७ डिसेम्बर देखि २०१८ जुन सम्ममा एनसेलको पीआरबिटीबाट प्राप्त रोयल्टी रकम वितरण गरेको छ l न्युनतम रु. ५ सयसम्म रोयल्टी प्राप्त गर्ने कूल ५४ जना गायक-गायिकाहरुलाई रोयल्टी वितरण गरिएको कुरा समाजले जानकारी गराएको छ l जस अनुसार यसपटक प्रमोद खरेलले सर्वाधिक १ लाख ४२ हजार ३ सय ५ रुपैया रोयल्टी प्राप्त गरे भने अन्जु पन्तले १ लाख ३८ हजार ५ सय २६ रुपैया र कालिप्रसाद बासकोटाले ३७ हजार ३ सय ३३ रुपैया प्राप्त गरेका छन् l यसअघि समाजले ४ पटक रोयल्टी वितरण गरिसकेको छ l रोयल्टी प्राप्त हुने क्षेत्र धेरै भएपनि हालसम्म रोयल्टी सङ्कलन संस्थाहरुले पिआरबिटिको मात्र रोयल्टी वितरण गरेका छन् l यातायात लगायतका क्षेत्रबाट समेत रोयल्टी उठ्न थालेकाले भविष्यमा सर्जक-कलाकारहरुले ठूलो रकम रोयल्टी वापत प्राप्त गर्ने कुरा निश्चित छ l
