‘नेपाल हिरो अफ ट्यालेन्ट’ को आयोजना हुने, प्रथम हुनेलाई रु. ७० लाख पुरस्कार

एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यस ‘रियालिटी शो’ को बारेमा जानकारी गराईएको हो  । प्रतिस्पर्धामा गायन, नृत्य तथा अन्य विधालाई समेटिने कुरा आयोजकले जानकारी गराएका छन् l

आयोजकका अनुसार नेपालका सातै प्रदेशका ७७ वटै जिल्लाका  १४ स्थानमा अडिशन सम्पन्न गरिने छ भने अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई काठमाडौँ ल्याएर जर्ज राउण्डबाट भोटिंग राउण्डमा प्रवेश गराई बिजेताको छनोट गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ७० लाख द्वित्तीय हुनेलाई  रु.२० लाख र तृतीय हुनेलाई नगद रु. १० लाख प्रदान गरिने गरिने बताईएको छ । नेपालमै हालसम्मको ठूलो राशी { रु. ५० लाख } प्रथम पुरस्कार रहेको ‘नेपाल लोक स्टार’ को अडिशन चलिरहेको बेला रु.७० लाख प्रथम पुरस्कार भएको यस रियालिटी शोको घोषणाले नेपाली कला क्षेत्रमा पुन: नयाँ तरङ्ग ल्याएको छ ।

कार्यक्रममा गायक आनन्द कार्की, सङ्गीतकार ओम प्रकाश राई र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहने छन् । चैत्र २५ गते बाट अडिसन सुरु हुने छ भने कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रसारण हुने छ । पत्रकार सम्मेलनमा कार्यक्रमका आयोजक प्रेम श्रेष्ठ निर्णायकहरु आनन्द कार्की र एलिना बास्कोटाका साथै मेघा टेलिभिजनका प्रतिनिधिले आ -आफ्नो मन्तब्य राखेका थिए ।