साँस्कृतिक संस्थानको मूल आयोजनामा ‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला-२०७५’ को आयोजना हुने

साँस्कृतिक संस्थान, काठमाण्डौको मूल आयोजना र अनुशीलन कला पाठशाला, पोखराको सह आयोजनामा आगामी चैत २२ देखि २६ गते पोखरामा ‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला-२०७५’ को आयोजना हुने भएको छ l कार्यशालामा सहभागिताका लागि सातै प्रदेशका ईच्छुक नृत्य निर्देशकहरुलाई चैत १५ गते सम्ममा रित पूर्वक आवेदन फारम भर्न संस्थानले सार्वजनिक सूचना प्रकाशित गरेको छ l प्राप्त जानकारी अनुसार प्रत्येक प्रदेशबाट कम्तिमा ७ – ७ जनाको दरले प्रतियोगीहरुको छनोट गरिने छ भने प्रतियोगीहरुलाई जाने – आउने बसभाडा र ५ दिन खाने बस्ने व्यवस्था आयोजकले गर्ने छन् l देशभरिका नृत्य निर्देशकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यशालाको आयोजना गर्न लागिएको कुरा साँस्कृतिक संस्थानले जानकारी गराएको छ l केहीदिन अघि मात्र संस्थानको मूल आयोजनामा सुर्खेतमा ‘रारा राष्ट्रिय नाटक महोत्सव – २०७५’ सम्पन्न भएको थियो l