प्रेम समर्पण भावको भिडियोमा महिमा लामा, दिपेश र महिमाको जीवन्त अभिनय

म्युजिक भिडियोमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्यका साथ सङ्घर्ष गरिरहेकी उदियमान कलाकार महिमा लामा पुनः अर्को म्युजिक भिडियो मार्फत दर्शक-श्रोतामाझ आएकी छिन् l निश्चल कल्पनाको शब्द, के. बि. भण्डारीको सङ्गीत र अन्जु पन्तको स्वर रहेको प्रेम समर्पण भावको गीत ‘तिम्रो न्यानो अँगालोमा’ को भिडियो भर्खरै हाईलाइट्स नेपालको युट्युब च्यानलबाट रिलिज भएको छ l जसमा महिमाको साथमा दिपेश कार्कीले मोडलिङ गरेका छन् l मनोज सुवेदीको निर्देशन तथा सम्पादनमा तयार भएको यस भिडियोमा रेशम दर्लामीले क्यामेरा र ड्रोन चलाएका हुन् l महिमाले यसअघि मनोजराजको स्वरमा रहेको ‘प्रिय तिम्रो जितको लागि’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी थिईन् l यो म्युजिक भिडियो स्याडो क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l

आफ्नो प्रेमीप्रति समर्पित भावको यस गीतमा अर्को जुनीमा पुनः मिलनको अपेक्षा गरिएको छैन l गीतमा यही जुनीलाई सार्थक बनाउने चाहनाहरु व्यक्त भएका छन् l गीतले भन्छ -‘वाचा कसमहरु नतोडिउन्, साथ नटुटोस् र आफूले माया गरेकै मान्छेको अंगालोमा बाँधिएर बस्न पाऊँ र उसकै काखमा मर्न पाऊँ l’ रमणीय स्थानहरुमा छायाङ्कन गरिएको यस भिडियोमा गीतको भाव अनुसार महिमा र दिपेशले जीवन्त अभिनय गरेका छन् l

video link