हाक्पारे भाकामा ‘लाम्पाते सुरती’

सङ्गीत क्षेत्रमा चौतारे कान्छाको नामले समेत परिचय बनाएका गायक समिर सिङ्घक लिम्बू भर्खरै पूर्वेली लोकप्रिय  हाक्पारे भाका लिएर आएका छन् l ‘लाम्पाते सुरती’ बोलको गीतको भिडियो मार्फत उनी पुनः युट्युबमा छाएका छन् l लोकप्रिय गायक/सङ्गीतकार खगेन्द्र यक्शो { खगेन्द्र कुमार लिम्बू } को शब्द/सङ्गीत र चन्दु गोर्खालीको म्युजिक एरेन्ज रहेको यो गीतले भन्छ- ‘खाउँ कि हौ लाम्पाते सुरती, लाउँ कि हौ जुगजाने पिरती l’ पूर्वको अत्यन्तै रमणीय पर्यटकीयस्थल तीनजुरे आसपास र नवघोषित  लालिगुराँस नगरपालिका अन्तर्गतको सुन्दर चोलुङ पार्कमा छायाङ्कन गरिएको यो भिडियो गीतका रचनाकार एवं सङ्गीतकार खगेन्द्रकै निर्देशनमा तयार भएको हो l भिडियोमा गायक समिर र सहारा खापुङले मोडलिङ गरेका छन् भने जीवन श्रेष्ठले क्यामेरा चलाएका छन् l युमा आर्ट्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियोको सम्पादन मिडिया फर कल्चरमा गरिएको हो l

यो गीतमा नेपालको पूर्वी भेकको मौलिक संस्कृति, सामाजिक परिवेश र मिथकबारे सुक्ष्म व्याख्या गरिएको कुरा गीतका रचनाकार खगेन्द्र यक्शोले जानकारी गराएका छन् ।