पूर्वजन्म र पुनर्जन्मको प्रेमकथाको भिडियोमा सर्जक-कलाकार ईश्वर मागिया

ईश्वर मागिया आफ्नै शब्द, सङ्गीत र स्वरको गीत ‘नहेर मतिर नजुधाऊ आँखा तिमी’ को भिडियो लिएर आएका छन् l प्रसिद्ध डान्स ग्रुप भीमफेदी गाइजको युट्युब च्यानलबाट अपलोड भएको यो भिडियो अपलोड भएको ५ दिनमै १ लाख २२ हजार पटक भन्दा बढी हेरिएको छ l हिमाली जिल्ला मनाङको माइनस १३ डिग्री चिसोमा छायाङ्कन गरिएको यस भिडियोमा भीमफेदी गाइज र निरन्जली लामाले अभिनय गरेका छन्  l जसमा पूर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।

लामो समयदेखि नेपाली गीत-सङ्गीतमा निरन्तर सक्रिय रहँदै आएका  गीतकार, सङ्गीतकार तथा  गायक ईश्वर मगियाको यस भिडियोमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ । गायक मगिया एक सङ्गीत शिक्षक पनि हुन् ।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घटनालाई भिडियोमा देखाइएको छ । भिडियोमा भिमफेदी गाइजका निर्मल लामा भिलेनको रुपमा प्रस्तुत भएका छन् । गीतमा भिलेन किन बन्नुभएको भन्ने प्रश्नमा निर्मल भन्छन्- ‘भिलेन जस्तो म मात्रै थिएँ त । भिडियोमा मेरो अनुहार भिलेनको जस्तो छैन त ?’ यो गीत सेलो शैलीको स्याड भर्सनमा रहेको कुरा गीतका सर्जक-कलाकार मागियाले बताएका छन्  ।

video link