‘नेशनल किड्स अफ दि ईयर-२०१९’ को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्काले र जुनियर तर्फको अवार्ड स्टेला शाहले हासिल गरेका छन् । यी दुबैले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर-२०१९’ मा सहभागी हुन पाउने छन् ।
इभेन्ट बेटल ग्यालेक्सीद्वारा काठमाडौंमा आयोजित सो प्रतियोगितामा फष्ट रनर अपको उपाधि सिनियरबाट याङ्सु श्रेष्ठले र जुनियरबाट मिनाल केसीले हासिल गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि सिनियरतर्फ निरञ्जना मानन्धर र जुनियरतर्फ रिब्या तन्डुकारले जितेका छन् ।
यस्तै सिनियरतर्फ मिस व्युटिफुल प्रेस्ना बस्नेत, मिस्टर हेन्डसम देवराज प्रधान, मस्ट फोटोजेनिक रोहित थापा मगर, बेस्ट हेन्डराईटिङ निरञ्जना मानन्धर, मोस्ट हेल्दी रनिशा खड्गी, बेस्ट पर्सनालिटी र बेस्ट स्माईल कृष्टिना खड्का, पब्लिक च्वाईस अवार्ड पलिस्था श्रेष्ठ, बेस्ट क्याटवाक आयुष तण्डुकार, बेस्ट ट्यालेन्ट याङ्सु श्रेष्ठ, मोस्ट फ्रेन्डली निलिमा राजभण्डारी, चाईल्ड आईकन सायसा ढकाल, मोस्ट इन्टेलिजेन्ट कविर दर्नाल, मोस्ट डेडिकेटेड सुप्रवाल कृष्ण श्रेष्ठ, बेस्ट स्पिकर सुजेनी महर्जन, मोस्ट क्युट सायसा ढकाल घोषित भए ।
यस्तै जुनियर तर्फ मिस व्युटिफुल रोज श्रेष्ठ, मिस्टर हेन्डसम पियुस बस्नेत, मस्ट फोटोजेनिक कृषा भण्डारी, बेस्ट हेन्डराईटिङ अनबी धिताल, मोस्ट हेल्दी आर्या गुरुङ, बेस्ट पर्सनालिटी र बेस्ट ट्यालेन्ट पियुष बस्नेत, मोस्ट डेडिकेटेड रश्मी रजक, मोस्ट क्युट सफलता प्रधान, बेस्ट स्माईल पामो गुरुङ, पब्लिक च्वाईस अवार्ड रोनिश रजक, बेस्ट क्याटवाक रिजी शर्मा, मोस्ट फ्रेन्डली युजेनी तिमल्सिना, चाईल्ड आईकन एना प्रजापती, मोस्ट इन्टेलिजेन्ट प्रथा शाह, बेस्ट स्पिकर स्टेला शाह, मिस लिटिल स्टार अनुश्का श्रेष्ठ घोषित भए ।
सो प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता अमित गिरी, मोडल सुरेश मानन्धर, प्याट्रिक विल्सन, रेखा मोदी र रुस्का बैध श्रेष्ठ रहेका थिए । प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका ३१ जना विद्यार्थी सहभागी भएको कुरा आयोजक संस्थाका अध्यक्ष धिरज तण्डुकारले जानकारी गराए । प्रतियोगिताको कोरियोग्राफी मोडल बिपना थापाले गरेकी थिईन् भने उनीहरुको ड्रेस इन्टरनेशल इन्टिच्युट अफ फेशन एन्ड टेक्नोलोजी बागबजारका विद्यार्थीहरुले तयार गरेका थिए ।