प्रताप र भावनाको ‘मूलको पानी’

 

नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र  भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मूलको पानी’ को भिडियो सार्वजनिक भएको छ l हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियो अपलोड भएको ३ दिनमै २ लाख १४ हजारपटक भन्दा केही बढी हेरिएको छ । यो लोकप्रियता र सफलता सर्जक-कलाकारहरुलाई विरलै मिल्ने गर्दछ l दीपक शर्माको शब्द – सङ्गीत रहेको यस गीतको भिडियोमा पल शाह र निशा पुरीले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी र निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् l अरु कसैलाई कोरियोग्राफी गराएर निर्देशकमा नाम राख्ने ठेकदारहरुका कारण वास्तविक भिडियो निर्देशक मारमा पर्दै गईरहेको वर्तमान परिप्रेक्ष्यमा देवेन्द्र एक त्यस्ता सर्जक हुन् जो आफैं कोरियोग्राफी गर्ने थोरै निर्देशकहरु मध्येमा पर्छन् l

यसअघि गायिका भावनाको ‘बग्ने खोला’ बोलको गीत लोकप्रिय भएको थियो भने गीतकार एवं सङ्गीतकार दीपक शर्मा पछिल्ला केहीवर्ष यता युट्युबमा लगातार ‘ट्रेण्डिङ्’ मा पर्दै आएका छन् l

video link